Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


आज संसद बैठक बस्दै : विभिन्न विवादित विधेयक पारित गराउने दाउमा नेकपा


0
Shares

काठमाडौं, माघ १४ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि पहिलो पटक उनको अध्यक्षतामा बैठक बस्न लागेको हो । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ ।

बैठकमा नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

नियमित कारवाही अघि बढेपछि लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि प्रवेश पाउने छन् ।

विधेयक अधिवेशनको रुपमा लिइने यो हिउंदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विवादित बनेका केही विधेयकहरु पारित गराउने रणनीतिमा छ ।