Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


मीनबहादुर विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता


52
Shares


काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनु भएका विश्वकर्माले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने मनसाय नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

’केन्द्रीय सदस्यमा मेरो पनि नाम दर्ता भएको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकोले उक्त उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ जानकारी गराउँदै मेरो नाम उक्त सूचीबाट हटाइदिनुहुन यो लिखित निवेदन पेश गरेको छु,’ विज्ञप्तिमा भनिएको छ ।

देउवा समूहबाट सहमहामन्त्री पदमा आकांक्षी विश्वकर्माले देउवाको प्यानलमा नपरेपछि असन्तुष्टि जनाउदै आउनुभएको छ । तर देउवा प्यानलको केन्द्रीय सदस्यमा नाम परेपछि विश्वकर्माले दलित खुल्ला तर्फबाट आफ्नो नाम फिर्ता लिनुभएको हो ।