काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने भएको छ । एमालेले आज बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा सुरु हुने केन्द्रीय कमिटीको बैठकका लागि ६ वटा कार्यसूची तय गरेकाे छ ।
बैठकमार्फत ४५ जनालाई स्थायी सदस्य बनाउने गरी गृहकार्य गरेको बताइएको छ । जसमा १९ जना पदाधिकारी, स्थायी समितिका पूर्व सदस्य, नवौँ महाधिवेशनपछि पोलिटव्यूरोमा रहेका १७ नेता र नवौँ महाधिवेशनअघि नै पोलिटव्यूरो सदस्य रहेर बिचमा छुटेका नेताहरु समेटिने सम्भावना रहेकाे छ । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकको पहिलो बस्न लागेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्