काठमाडौं, माघ १३ । नेपाल विद्यार्थी संघका दुईओटा समूहबीच सोमबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा झडप भएको छ ।
तदर्थ समितिमा उमेर हदबन्दी र वैधानिक व्यवस्थालाई लिएर झडप भएको हो ।
विधानसम्मत् नेतृत्वको माग गर्दै अनशनमा बसेको निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेको समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी कार्यालय प्रवेशमा रोक्न खोजेपछि झडप भएको हो ।
नेविसंघको विधानमा सभापति बन्नलाई ३२ वर्षको उमेर हद तोकिएको छ ।
गएको शुक्रबार बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले १२७ जनाको तदर्थ समिति बनाउने निर्णय गरेको थियो ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्