Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


रामचन्द्र पौडेलले पार्टीमा गणेशमान सिंहको स्थान बनाइसक्नुभयो : गगन थापा

आफ्नाे प्यानललाई खुलेरै समर्थन गर्ने विश्वास

429
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले रामचन्द्र पौडेलले गणेशमान सिंहको स्थान सिर्जना गरिसकेको बताउनुभएको छ ।

पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले रामचन्द्र पौडेलले गणेशमान सिंहको स्थान बनाइसकेको बताउनुभयो ।

‘गणेशमान सिंह पार्टीको सभापति कहिल्यै नभए पनि पार्टीभित्र उहाँको जुन विशिष्ट स्थान छ नि, पार्टीभित्र रामचन्द्र पौडेलले त्यो स्थान सिर्जना गरिसक्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँ सभापति हुने वा नहुने तथा प्रतिस्पर्धा गर्ने वा नगर्ने विषय पार्टीभित्र गौण भइसक्यो अब ।’

नेता थापाले आफू पनि पार्टीभित्र रामचन्द्र पौडेल प्रवृत्तिको प्रतिक भएको बताउनुभयो । उहाँले आफूहरु विहानसम्म रामचन्द्र पौडेलसँग छलफलमा रहेको र अहिले पनि फेरि जान लागेको बताउँदै पौडेलले आफूहरुलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।