पुबुदु क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त « Image Khabar


पुबुदु क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

नियुक्तीबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई समेत हिजो जानकारी गराएको क्यानले जनाएको छ । अब क्यानको बोर्ड बैठक बसेर दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको निर्णय अनुमोदन गर्नेछ ।

यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।