डिशहोम फाइबरनेटले ल्यायो प्याक अफर « Image Khabar


डिशहोम फाइबरनेटले ल्यायो प्याक अफर


0
Shares

काठमाडौं, मंसिर २४ । डिशहोम फाईबरनेटले डाईनामिक कम्बो प्याक अफर अन्तर्गत बार्षिक १२ हजार ९ सय ९९ रुपैयाँमा ४० एमबिपिएस इन्टरनेट ल्याएको छ ।

जस अन्तर्गत डिशहोम फाईबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा समेत लिन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले वार्षिक ११ हजार ५०० मा २५ एमबिपिएस इन्टरनेट सुविधा उपलब्ध गराएको पनि जनाएको छ ।