काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।
दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। उद्घाटन अघि कांग्रेसले र्यालीको आयोजना नगर्ने भएको छ। कांग्रेसले ट्राफिक अस्तव्यस्त हुन नदिन र्याली नगर्ने भएको हो ।
त्यस्तै महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुनेछन्।
तर, एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएकाले आउने/नआउने टुंगो लागेको छैन। करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्। त्यस्तै काेराेनाका कारण अन्य सहभागीलाई नबाेलाइएकाे बताइएकाे छ ।









प्रतिक्रिया दिनुहोस्