Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सभामुख सापकोटाको जीवन यात्रा निकै रोचक !


0
Shares

काठमाडौं । एक समयका चर्चित शिक्षक अग्निप्रसाद सापकोटा देशको विधि निर्माण गर्ने थलो प्रतिनिधि सभाको उच्च पद सभामुख बनेका छन् । सापकोटाको जीवन यात्रा निकै रोचक छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख सापकोटाको जन्म विसं २०१४ साल फाल्गुन २४ गतेका दिन सिन्धुपाल्चोकको कुभिण्डेमा भएको थियो ।

धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका श्रीमती र तीन छोरा छन् ।

०३५ सालमा शिक्षण पेशा संलग्न भएका सापकोटा साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्षे प्राध्यापन पेशालाई बिट मार्दै पूर्णकालिन राजनीतिमा लागे ।

उनी ०५२ सालबाट माओवादी भूमिगत भएसँगै भूमिगत राजनीतिमा लागे । पटक–पटक गरी दुई वर्ष जेल जीवन बिताए । ०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सापकोटा पराजित भए ।

०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य थिए ।

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

तत्कालीन सभामुख कृष्ण बहादुर महरा यौन दुव्र्यवहारमा जेल परेपछि सभामुख पद रिक्त रहेको थियो । सापकोटा नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्रका रुपमा चिनिन्छन् ।

उनी अध्यक्ष दाहालकै अडानका कारण पूर्वमाओवादीको भागबाट सभामुख बन्न सफल भएका हुन । सापकोटालाई हाम्रो तर्फबाट पनि बधाई तथा शुभकामना ।