Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्छु: अग्नि सापकोटा


0
Shares

काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफुले तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् ।

निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले प्राप्त जिम्मेवारी निष्पक्ष भएर पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली काँग्रेसले शंका गरेजस्तो अवस्था आउन नदिने उनको भनाइ थियो ।

त्यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुले पनि नवनिर्वाचत सभामुखले निष्पक्ष भएर काम गर्ने आशा व्यक्त गरेका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसदले योग्य र इमान्दार सभामुख पाएको भन्दै आगामी दिनमा संसदीय गतिविधि निर्वाधरुपले अघि बढ्ने विश्वास व्यक्त गरे । 

राजपाका नेता राजेन्द्र महतोले नवनिर्वाचित सभामुखबाट आफुहरुले संसदको ओज र गरिमा अझै बढ्ने विश्वास राखेको बताए ।