Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारको आग्रह

१८ वर्ष माथिका सबैले खोप लगाउनुपर्ने

0
Shares

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप नलगाएका नेपाली नागरिकहरुलाई तत्काल खोप लगाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका १८ वर्षमाथिका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पताल तथा तोकिएका स्थानमा खोप लगाइने छ । काठमाडौंमा बिहान १० बजेदेखि ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र भक्तपुरमा १० बजेदेखि ३ बजेसम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप प्रदान गरिने छ ।

काठमाडौंमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, संनिक अस्पताल छाउनी, ल्होत्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल महावौद्ध, शुक्रराज सुरुवा रोग अस्पताल टेकु, वयोधा अस्पताल बल्खु, प्रसुतीगृह थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लीनीक जडिबुटीमा खोप लगाउन सकिनेछ ।