
काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे । यो जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ ।
जावलाखेलको यो लगातार तेस्रो हार हो । तालिकाको पुछारमा रहेकोे जावलाखेलले अंक जोड्न सकेको छैन । यसअघि आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका थिए् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो ।
हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले सुरुआती अग्रता दिलाएका थिए । खेलको ५३ सेकेन्डमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा आक्रामक खेलेको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए ।
यो बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । पुलिस चौंथो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको १२ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्