कपिलवस्तुमा स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु « Imagekhabar – Online News Portal of Nepal


कपिलवस्तुमा स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१० कटुवामा मंगलबार बेलुकी स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको बा १ च ३९६१ नम्बरको स्करपियो जीपले सोही ठाउँका ६० वर्षीय राम बेलास चौधरीलाई बेलुकी ८ बजे ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

तौलिहवा स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा चौधरीको राति सवा ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।