उधारोमा प्रधानमन्त्री – राष्ट्रपति, नगदमा सभापति « Image Khabar


उधारोमा प्रधानमन्त्री – राष्ट्रपति, नगदमा सभापति


0
Shares

काठमाडौं । कांग्रेस सभापतिमा शेर बहादुर देउवाको प्रतिस्पर्धी को रु महाधिवेशन ढोकामै आइपुग्दा पनि अनिश्चय उस्तै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले ‘ससर्त’ दाबी छाडेका छन् । तर, शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नभएसम्म पौडेल मिलनबिन्दु बन्ने सम्भावना पनि उतिकै बलियो छ ।

मंगलबार साँझसम्म सिंह- निवास चाकसीबारीमा भएको बैठकमा देउवाविरुद्ध एक जना मात्र उम्मेदवार नभएमा हार निश्चित हुनेमा सबै सहमत भएका छन् । तर, त्यो उम्मेदवार को हुने भन्ने निष्कर्ष भने बैठकले निकाल्न सकेन । वरिष्ठ नेता पौडेल र महामन्त्री शशांकले देउवाको प्रतिस्पर्धामा कोही एक जना मात्रै अघि बढ्ने भएमा आफूहरु पछि सर्ने प्रस्ताव सुनाएका छन् । ‘तपाईंहरु दुई जना (प्रकाशमान र शेखर) ले सहमति गरेर एक जना मात्रै आउनुहुन्छ भने मेरो आपत्ति छैन तर तपाईंहरुबीच सहमति हुँदैन भने मेरो नेतृत्वमा सबै अटाउनुहुन्छ, मलाई स्वीकार गर्नुहोस्,’ पौडेलको भनाइ उद्धत गर्दै नेता रामकृष्ण यादवले भने ।

कान्तिपुर