Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नेपालका कम्युनिष्ट पार्टीमा विचार र राजनीति प्रष्ट छैन: अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी र पुँजीपति वर्गको साझा नेतृत्वबाट मात्र नेपालको क्रान्ति टुंगोमा पुग्न सफल भएको बताएका छन् ।

गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा लिखित जनताको जनवादका आधार पुस्तकको आज काठमाडौमा लोकार्पण गर्दै उनले नेपालको क्रान्ति नयाँ जनवादी क्रान्ति वा पुरानो पुँजीपति क्रान्ति दुवै नभएकाले यसलाई नेपालको मौलिक क्रान्तिको रुपमा बुझ्नु पर्ने बताए ।

कम्युनिष्ट पार्टीको विचार र राजनीति प्रष्ट भएमात्र अगाडि बढ्न सक्ने भन्दै नेपालको कम्युनिष्ट पार्टीमा विचार र राजनीति प्रष्ट नभएको बताए ।

उनले जनताको जनवादका आधार नामक पुस्तकले पार्टीको विचार बुझ्न र पार्टीलाई अगाडि बढाउन मद्दत गर्ने बताए ।

पुस्तकका टीप्पणीकार नेता युवराज ज्ञवालीले पार्टीलाई अगाडि बढाउन सिद्धान्त र विचारबाट मात्र सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताए । 

Skip This