एक साताको अवधिमा वाणिज्य बैंकहरु कर्जा विस्तारमा देखिए आक्रमक « Image Khabar


एक साताको अवधिमा वाणिज्य बैंकहरु कर्जा विस्तारमा देखिए आक्रमक


0
Shares

काठमाडौं, मंसिर २० । एक साताको अवधिमा वाणिज्य बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् ।

यो अवधिमा १४ अर्ब कर्जा लगानी गरेका बैंककरुले सात अर्ब मात्र निक्षेप संकलन गरेका छन् ।

नेपाल बैकर्स संघले सोमबार विज्ञप्ति जारी गरेर मंसिर १० गतेसम्म ४० खर्ब ५५ खर्ब कर्जा लगानी गरेका बैंकले १७ गतेसम्म आइपुग्दा ४० खर्ब ६९ करोड पु¥याएको जनाएको छ ।

यस्तै यो अवधिमा ४२ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले एक साताको अवधिमा ४२ खर्ब २६ अर्ब पु¥याएका छन् ।

बैंकमा तरलताको अभाव हुन थालेपछि निक्षेपमा व्याज वृद्धि र कर्जाको व्याजमा कडाई गरेपनि निक्षेपमा उल्लेख्य रुपमा वृद्धि हुन सकेको छैन ।