घरमै बसेर ३० सकेण्डमा थाहा पाउनुस् आफ्नो स्वास्थ्य स्थिति « Image Khabar


घरमै बसेर ३० सकेण्डमा थाहा पाउनुस् आफ्नो स्वास्थ्य स्थिति


0
Shares

काठमाडौं । घातक रोगहरूबाट बच्न नियमित मात्राले स्वास्थ्य परीक्षण गराउनुपर्छ । नियमित स्वास्थ्य परीक्षण गर्न पनि सजिलो छैन ।

तर, वर्षमा एकपटक भने हामीले स्वास्थ्यको जाँच गराउनुपर्छ । घरमा बसेर केही अभ्यासबाट थोरै समयमा नै स्वास्थ्यको अवस्थाबारे थाहा पाउनु सकिन्छ भन्दा विश्वास नलाग्न सक्छ । तर, यो साँचो हो । तीनवटा अभ्यास गरेर ३० सकेण्डमा तपाईंले आफ्नो स्वास्थ्य स्थितिको बारेमा थाहा पाउन सक्नुहुन्छ ।

पहिलो अभ्यास : आफ्नो दुवै हातको औंलाहरूलाई हत्केलामा दबाएर मुट्ठी बनाउने । हातलाई करिब ३० सेकेन्ड यो आसनमा राख्ने । जब तपाई आफ्नो हात खोल्नुहुन्छ, तपाईंको हातमा थोरै सेतो देखिन्छ । यो रगतको प्रवाह कम भएको कारण देखिएको हो ।

यसपछि हेर्नुहोस् तपाईंको हातको रङ कति समयमा पहिलाको जस्तै हुन्छ । यदि तपाईंको हात थोरै सुनिन्छ या हातमा रगत प्रवाह ढिला हुन्छ भने यो आर्टेरियो सोरोसिसको संकेत हुनसक्छ । यसले मुटुबाट शरीरको बाँकी अंगमा अक्सिजन र पोषक तत्व लैजाने नलिलाई मोटो र कडा बनाउँछ ।

दोस्रो अभ्यास : यो परीक्षणमा आफ्नो नङको फेदको भागलाई ५ सेकेन्ड सम्म थिचेर आफ्नो स्वास्थ्यको बारेमा थाहा पाउन सकिन्छ । आफ्नो हातको नङलाई ५ सेकेन्ड थिचेर छोडिदिनुस् । यस्तो गर्दा तपाईंको नङ केही समयको लागि सेतो हुन्छ । नङमा रगत प्रवाह हुन ३ सेकेन्ड भन्दा बढि लाग्दैन ।

याद राख्नुहोस् हरेक औंलामा हुने रगत प्रवाहले फरक–फरक विरामीको संकेत गर्छ । यदि तपाईं बुढी औंलामा दुखाई महसुस गर्नुहुन्छ भने यो श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्छ । चोरी औँलाले पाचन प्रणाली या ठूलो आन्द्रामा हुने खराबीको संकेत हुनसक्छ । माझी औंला वा साहिली औंलाले मुटु रोग को संकेत गर्दछ भने कान्छी औंलाले सानो आन्द्रा सम्बन्धी रोगको संकेत गर्दछ ।

तेस्रो अभ्यास : यो अभ्यासका लागि भुईंमा घोप्टो परेर सिधा सुत्नुहोस् । त्यसपछि आफ्नो हातलाई शरीरसँग सिधा मिलाउनुहोस् र दुवै गोडालाई विस्तारै उठाउनुहोस् । यो आसन बढिमा ३० सेकेन्डसम्म बस्ने कोसिस गर्नुहोस् । यदि यस्तो गर्न तपाईंलाई समस्या हुन्छ भने मेरुडण्ड वा पेटको तल्लो भागको समस्या हुनसक्छ ।