
काठमाडौ । आइएमई जनरल इनस्योरेन्स लिमिटेड र नेपाल पर्यटनबोर्डबीच बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।
संझौता अनुसार पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा लगायत सम्पत्ति र सवारी साधनहरु सहित आवश्यक सबै नीर्जिवन बीमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ ।
संझौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र पर्यटनबोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।
सो अवसरमा बोर्डका प्रमुख कर्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बीमा कम्पनीसँग आफ्नो कार्यालय सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।
त्यसैगरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।
श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सातवटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकलाई बीमा सेवा प्रदान गरिरहेको समेत उल्लेख गर्नुभयो । कम्पनीले नयाँ–नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा बिशेष ध्यान दिएको पनि उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्