Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


वुस्टर डोज खोप दिने सरकारको तयारी


0
Shares

काठमाडौं, मंसिर १९ । सरकारले कोरोना भाइरसको दुवै डोज खोप लगाएकालाई वुस्टर डोज खोप दिने तयारी भएको जनाएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भईरहेको बताउनुभयो । वुस्टर डोज खोप लगाउन आवश्यक पर्ने थप १ करोड ५० लाख डोज खोप ल्याउने तयारी भईरहेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

समितिमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लाल कर्णले वुस्टर जोड खोप दिने विषय अध्ययन कै क्रममा रहेको भन्दै भेरोसेल खोपको दुवै मात्रा पुरा गरेकालाई खोप लगाएको तीन महिना पछि वुस्टर डोज खोप लगाउन सकिने बताउनुभयो ।

कोरोना भाइरसको नयाँ नयाँ म्युटेसन भईरहेका कारण हाल विश्वका केही देशहरुले वुस्टर डोज खोपको अभियान चलाएका छन् ।