काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुनः मतदान हुने भएको छ ।
शनिबार भएको मतदानमा संस्थापन देउवा समूहका इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गर्नु भएको छ भने पौडेल समूहका जगदिश्वर नरसिंह केसीले ८७२ मत तथा सिटौला समूहका भीमसेनदास प्रधानले १९७ मत प्राप्त गर्नु भएको थियो ।
अब दोस्रो चरणको निर्वाचनमा बानियाँ र केसीबीच पुनः निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
आज बिहान साढे ११ बजे सुरु हुने मतदानमा बानियाँ र केसीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणको मतदानमा सिटौला समूहले कसलाई मतदान गर्छन भन्ने कुरामा सबैतिर कौतुहलता बढेको छ ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ९ सय ७६ जना प्रदेश प्रतिनिधि १ हजार २ सय ४५ जना र केन्द्रीय सदस्य १६ जना र शुभेच्छुक संघरसंस्थाका गरि दुई हजार १ सय ५१ जना मतदाता रहेका छन् ।
चुनावी मैदानमा केन्द्रतहका नेता देउवा समूहका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुर सिं लामा, उदयशमशेर राणा, केन्द्रीय मन्त्री तथा सांसदहरुको बानियाँ जिताउन लागि पर्नु भएको छ भने यता केसी जिताउन पौडेल समूहका केन्द्रीय नेता अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, गगन कुमार थापा लगायतका नेताहरु लागि पर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्