२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन राजमार्ग सुचारु


0
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ को घुमाउनेमा गएको पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।

गएराति करिब १० बजेतिर पहिरो गएर अबरुद्ध भएको सडकखण्ड बिहान ९ बजेपछि पहिरो पन्छाएर सुचारु गरिएको हो ।

सडक सुचारु भएसँगै रोकिएका यातायात गन्तव्यतर्फ लागेका छन् ।

पहिरो खसेर सडक अबरुद्ध भएपछि रातिदेखि नै यात्रु अलपत्र परेका थिए । हिजो पनि घुमाउनेमै पहिरो गएपछि सडक अबरुद्ध भएको थियो ।

नारायणगढ–मुग्लिन सडक बिस्तार भए पनि ठाउँ–ठाउँमा पहिरो जाने क्रम नरोकिँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।