Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्छः प्रचण्ड


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताउनु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २६ दिव्यनगर चितवनमा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी कमजोर भए जनताका अधिकार खोसिने भएकाले माओवादी बलियो हुनुपर्ने जिकिर गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन् । माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका अधिकार जोगिन्छन् ।’

हिमालदेखि तराईसम्मबाट पार्टी प्रवेश गर्नेहरुको संख्या बढिरहेको बताउँदै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको हुने दाबी गर्नुभयो ।

उहाँले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधिनता सुदृढ नहुँदासम्म र जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताउनु भयो ।