Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


मःम विश्वकै स्वादिष्ट परिकार


39
Shares

काठमाडौं । भनाइ नै छ, ‘होटल तथा रेष्टुराँमा राखिएका मेनुमा माथिदेखि तलसम्म आँखा डुलाए पनि धेरैले माग्ने भनेको मःम नै हो।’ साथीहरू भेट हुँदा खाने खाजामा पनि चल्तीको मःम नै पर्छ। छिटो तयार हुने, तयार भएपछि केही समय राखेर खान पनि सकिने र प्रायः होटलमा पाइने भएकाले यो नेपालीका लागि प्रिय खाजा नै हो।

मःम नेपालसहित उत्तर भारत र तिब्बतमा खाजाको सूचीमा प्रचलित मानिन्छ। मःम विश्वमा नै लोकप्रिय डम्प्लिङ्स ९मैदामा पोको पारिएको डल्ला० परिकारको सूचीमा परेको छ। सीएनएनले गरेको सर्वेक्षणमा मैदामा पोको पारेर बनाइएका ३२ परिकारको सूचीमा नेपालमा बनाइने मःम पनि छ।

सीएनएनले समय समयमा गर्ने यस्ता सर्वेक्षणमा मःम पनि उत्कृष्ट डम्प्लिङ्समा पर्नु नेपालका लागि खुसीको कुरा भएको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचन बताउँछन्। ‘नेपालमा हिमालदेखि तराईसम्म पाइन्छ, सामान्य होटलदेखि रेष्टुराँमा पनि पाइने मःम विश्वमै चल्ती छ,’ उनले भने। साकाहारी र मांसाहारी दुवैका लागि बनाइने भएकाले पनि मःम चल्तीको खाजा बनेको तुलाचन बताउँछन्।

बाफमा पकाइने स्वस्थ्यकर पनि मानिने उनको भनाइ छ। नेपालमा भने धेरै ‘बफ’ मःम बिक्री हुने होटल व्यवसायी बताउँछन्।

नेपालमा करिब तीन सय वर्ष अघिबाट मःम प्रचलनमा आएको बताइन्छ। होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार नेवारी समुदायका व्यापारीहरू भोट काम गर्न जाँदा त्यहाँ खाएका र त्यहाँ सिकेर नेपालमा पनि बनाउन सुरु गरेका हुन्।

अन्नपूर्ण