Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एमालेले बहुमत ल्याएर न्यायालयमा देखिएका विकृति अन्त्य गर्छ : शेरबहादुर तामाङ


0
Shares

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताउनुभएको छ ।

मंगलबार चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गर्नुपरेको बताउनुभयो ।

तामाङले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरूले आग्रह गरिएको समेत बताउनुभयो । उहाँले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय कमिटीका लागि प्रस्तुत गर्नुभएको नामावली योग्य रहेकोसमेत दाबी गर्नुभयो ।