Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


दुई दिन एमाले महाधिवेशन लम्बिदा नौ करोड रुपैयाँ खर्च


0
Shares

काठमाडौं । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको हो ।

उहाँकाअनुसार सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च भएको हो । दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै भएको बताउँदै तामाङले भन्नुभयो, ‘यसकारण अलि बढी खर्च भएको हो ।’

महाधिवेशन लम्बिँदा खान बस्ने थप एक करोड ५० लाख खर्च भएको तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार महाधिवेशनका लागि ‘जम्मा सात करोड ५० लाखको बजेट बनाइएको थियो ।’ ‘दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना बढेकाे छ,’ उहाँले भन्नुभयो, ‘सबै बिलहरू के-कति खर्च भयो भन्ने एकिन हुन्छ ।’

ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिनुभयो ।