५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन अनिश्चितकालका लागि स्थगित


0
Shares

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

१४–१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो ।

निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको हुँदा जिल्ला अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत संयोजक देवबहादुर महतले जानकारी दिनुभयो ।

प्रदेश अधिवेशनपश्चात जिल्ला नेतृत्व, केन्द्रीय निर्वाचन समितिसँग छलफल गरि निर्वाचन तालिका जतिसक्दो चाँडो सार्वजनिक गर्ने पनि निर्वाचन अधिकृत महतले बताउनुभयो ।

सूचना :