Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय


0
Shares

congress parliamentarian office

काठमाडौं, माघ ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

बैठकले संसद जनताको सवालमा निर्विवाद र निष्पक्षरुपमा निर्णय गर्ने थलो भएकाले उम्मेदवारी नदिइ तटस्थ नै बस्नु उपयुक्त हुने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्नुभन्दा निर्विवादरुपमा प्रस्तावित उम्मेदवारलाई नै छाड्नु उपयुक्त हुने कांग्रेसको ठहर छ ।

कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अग्नि सापकोटालाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।

सरकार सत्तारुढ दलको र संसद विपक्षीको भएकाले सभामुख र उपसभामुखमध्ये एउटा आफूले पाउनुपर्ने दाबी कांग्रेसले गर्दै आएको छ ।

संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था रहेको छ ।