
मोरङ । बुधबारेमा रहेको एकीकृत जाँच भन्सार विन्दु आजबाट सञ्चालनमा आएको छ ।
भारतीय पक्षले आईसीपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि आजबाट आईसीपी सञ्चालनको आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीले सिंहदरवारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आइसिपी उद्घाटन गरे ।
आईसिपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ ।
करिब १ सय ७० विघा क्षेत्रफलमा निर्मित आइसिपी निर्माणमा १ अर्ब १५ करोड खर्च भएको भारतीय पक्षले जनाएको छ ।
यसअघि भारतीय सहयोगमा वीरगञ्जको रक्सौलमा पनि एकीकृत जाँचचौकी निर्माण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्