Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


रिहा भएका नेकपाका पाँच नेता अदालतको गेटबाट फेरि पक्राउ


0
Shares

दाङ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाँच जना नेतालाई जिल्ला अदालत परिसरबाट फेरि पक्राउ गरेको छ ।

राप्ती व्यूरो एवं न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल, पार्टी सदस्यहरु ईन्द्रबहादुर वली, हितप्रसाद रोका र अमृत घर्ती मगरलाई दाङ प्रहरीले दाङ देउखुरी जिल्ला अदालतको गेटबाटै पक्राउ गरेको हो ।

उनीहरुका परिवारले जिल्ला अदालत दाङमा धरौटी वुझाए पछि रिहा भएका उनीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।