काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सभामुखमा पार्टीको उम्मेदवारबारे धारणा तय गर्न आन्तरिक छलफलमा जुटेको छ ।
सभामुखको उम्मेदवार तय गर्न काँग्रेस संसदीय दल कार्यसमिति बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ ।
काँग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख आफ्नो पार्टीलाई दिएमा सभामुखमा उम्मेदवारी नदिने जनाएको छ ।
काँंग्रेसले सरकार सत्तारुढको र संसद् विपक्षीको भएकाले सभामुख र उपसभामुखमध्ये एउटा आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ ।
संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था रहेको छ ।









प्रतिक्रिया दिनुहोस्