नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत निर्वाचित « Image Khabar


नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत निर्वाचित


0
Shares

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित हुनुभएको छ ।

महतले डा. केदार नरसिंह केसीलाई हराउँदै सभापति निर्वाचित हुनुभएको हो । महतले डा. केसीलाई १० मतले पराजित गर्नुभएको हो ।

नेता महतले आफूलाई विजयी गराएकोमा सबैलाई धन्यवाद दिनुभएको छ ।

नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।

निर्वाचनमा कुल १ हजार ७ सय ४७ मत खसेको थियो ।