काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ ।
यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।
कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।
कांग्रेस शीर्ष तहमा यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको बताइएको छ ।
नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्