
काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन । बिहान १० बजे बन्दसत्र उद्घाटन हुने पूर्व निर्धारित तालिका भएपनि अझै सुरु भएको छैन ।
सहमतिका लागि नेताहरु छलफलमै रहेकाले बन्दैसत्र सुरु हुन ढिलाइ भएको हो । नारायणी नदी किनारमा हिजो उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्