Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


‘महासिद्ध थाङ् तोङ् ग्याल्पो’को जन्मको दुर्लभ अस्थिधातु प्रदर्शन


39
Shares

काठमाडौ। अवलोकितेश्वर भएको महासिद्व थाङ् तोङ् ग्याल्पोको पोथी कुकुरका रुपमा भएको जन्मको अस्थिधातु सर्वसाधारणको लागि प्रदर्शन गरिएको छ ।

शुक्रबार काठमाडौंको फर्पिङस्थित क्याब्जे पेनोर रिन्पोछेको कुदुङ स्तुपामा भगवान् बुद्ध पृथ्वीमा अवतरण गरेको सङ्कासय दिवसका अवसरमा अस्तिधातु प्रदर्शन गरिएको हो ।

महासिद्व ग्याल्पोको १२ औं पुस्ताको परिवारले अस्थिधातु प्रर्दशनको लागि दिएको हो । साथै सारिपुत्र र मौदगल्यानको अस्थिधातु समेत दर्शनको लागि प्रदर्शन गरिएको थियो ।

महासिद्व ग्याल्पोको अघिल्लो जन्म पोथी कुकुरका रुपमा भएको र मृत्यु पछि अस्थिमा एघार वटा शिर भएको अवलोकितेश्वर देखेको विश्वास रहेको छ ।

पेनोर रिन्पोछे बुद्व धर्मावलम्बी समाजले गरेको कार्यक्रममा पेनोर रिन्पोछेको सम्झनामा नयाँ स्तुपा समेत स्थापना गरिएको छ ।
बज्रसत्वको मूर्ति रहेको स्तुपामा भारतका बौद्व गुरू खेन चेन नामडोल रिन्पोछेले विशेष पूजा गर्नुभएको थियो । प्रदर्शनमा हजारौं बौद्व धर्मावलम्बीले अस्थिधातु दर्शन गरेका थिए ।

Skip This