नारायणहिटीमा डिजिटल मोबाइल लकर सञ्चालनमा « Image Khabar


नारायणहिटीमा डिजिटल मोबाइल लकर सञ्चालनमा



काठमाडौं, मंसिर ९ । नारायणहिटी दरबार संग्राहलयले डिजिटल मोबाइल लकर सञ्चालनमा ल्याएको छ ।

नारायणहिटी दरबार संग्राहलयको दोस्रो वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकको सहयोगमा मोबाइल लकर सञ्चालनमा ल्याइएको हो ।

सोही अवसरमा दरबार संग्राहलयको एप र वेवसाइटको पनि सुरुवात भएको छ । कार्यक्रममा दरबार संग्राहलयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रोत र साधन र क्षमताअनुसार संग्रालयको विकास र योगदानलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा संग्राहलयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । नारायरणहिटी संग्रहालय २०७६ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । राजसंस्थाको बहिर्गमनपछि खुला गरिएको यो संग्रहालयमा दैनिक ३ हजार आगन्तुकले अवलोकन गर्ने गरेका छन् ।