 
	    काठमाडौं, मंसिर ९ । नारायणहिटी दरबार संग्राहलयले डिजिटल मोबाइल लकर सञ्चालनमा ल्याएको छ ।
नारायणहिटी दरबार संग्राहलयको दोस्रो वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकको सहयोगमा मोबाइल लकर सञ्चालनमा ल्याइएको हो ।
सोही अवसरमा दरबार संग्राहलयको एप र वेवसाइटको पनि सुरुवात भएको छ । कार्यक्रममा दरबार संग्राहलयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रोत र साधन र क्षमताअनुसार संग्रालयको विकास र योगदानलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा संग्राहलयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । नारायरणहिटी संग्रहालय २०७६ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । राजसंस्थाको बहिर्गमनपछि खुला गरिएको यो संग्रहालयमा दैनिक ३ हजार आगन्तुकले अवलोकन गर्ने गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्