Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


स्थानीय उत्पादनलाई प्राथमिकता दिन धनकुटाका उद्योगीको माग


13
Shares

धनकुटा, मंसिर ९ । स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिन धनकुटाका उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन् ।

विदेशबाट आयातीत सामग्रीले स्थानिय उद्योगलाई धरासायी बनाउदै विस्थापित गर्न थालेपछि व्यसायीले स्थानीय उत्पादन र उद्योगलाई प्राथमिकतामा राख्न जोड दिएका हुन् ।

स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ बिहीबार धनकुटामा भएको कार्यक्रमा उनीहरुले यस्तो स्वदेशी उत्पादनलाई प्राथमिकता दिए मात्र दिगो विकास हुनेमा जोड दिए ।

उनीहरुले उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थमा लाग्ने भान्सार र निकासी करमा छुट दिन समेत माग गरेका छन् । नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने उनीहरुको भनाइ छ ।

घरेलु उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको समेत सृजना गरेको कारण स्थानीय स्रोत साधान प्रयोग गरेर स्थापना गरिएका उद्योग लाई राज्यले विशेष प्राथमीकतामा राखेर निति बनाउनु पर्ने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताउनुभयो ।

Skip This