Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


एजेन्टबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा


0
Shares

काठमाडौं, मंसिर ८ । विभागीय मन्त्रीले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेन्टहरुको ठगीबाट जोगिएका छन् ।

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन् ।

मंगलबार राती आफ्नो मोबाईलमा आएको सुचनाका आधारमा उहाँ सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुग्नुभएको थियो ।

बुधबार कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सातदिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको थियो ।

पीडीतहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न निर्देशन पनि दिनुभयो ।

वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानविन हुने र भविश्यमा यसता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने उहाँले आवश्वासन दिनुभयो ।

पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सुचना पु¥याएको बताउनुभयो ।

भाषा परीक्षा पास गरेका युवाहरु आज साँझ कोरिया प्रस्थान गर्दैछन् ।