Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


प्रधानन्यायाधीश जबराले अदालत छोडेर जानुपर्छ– लक्ष्मणलाल कर्ण


13
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्ने बताउनुभएको छ ।

सोमबार नेपाल बार एशोसिएशनले बुझाएको ज्ञापन पत्र लिँदै प्रमुख सचेतक कर्णले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अदालत छोडेर जानुपर्ने बताउनु भएको हो । उहाँले अदालतमा बार सम्बद्ध कानून व्यवसायीमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाउनु भयो ।

प्रमुख सचेतक कर्णले नेपालको इतिहासमै यो अद्भूत अकल्पनीय घटना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो मेरो व्यक्तिगत विचार हो, उहाँले अदालत छोडेर अघि बढ्नुपर्छ, उहाँलाई एउटा कस्टमा प्रधानन्यायाधीश बनाइएको हो, नेतृत्व विहीन सर्वोच्च अदालत नबनाउने कस्टमा नै बनाइएको हो ।’

प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरूमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनुभयो । नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमबार लोसपासहित अन्य विभिन्न दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।