Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


होटलमा खाद्य गुणस्तर स्टिकर टाँस


0
Shares

धनकुटा, माघ ३ । खाद्य स्वच्छताको आधारमा धनकुटाका २३ ओटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिएको छ ।

खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्ट स्तररीकरण निर्देशिका २०७४ को मापदन्डमा परेका पाँचओटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँसिएको छ ।

कार्यालयले यसअघि भेडेटारमा १३ ओटा होटल र हिलेमा पाँचओटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिसकेको जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको आयोजनामा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेसहितको टोलीले धनकुटा बजारमा सन्चालित पाँचओटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरेको हो ।

पाँचओटा होटलमध्ये होटल मकालु र होटल मुर्चुङ्गा खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्ट स्तरीकरणको उत्तममा परेका छन् ।