२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


उम्मेदवारी घोषणा गर्न पार्टी कार्यालयमा रावललाई ठाउँ दिइएन


0
Shares


काठमाडौं।एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आफूलाई ठाउँ नदिइएको गुनासो गर्नुभएको छ ।
एमालेको आसन्न १० औं महाधिवेशनमा आइतबार अध्यक्षमा उम्मेदवारी घोषण गर्ने क्रममा रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको भएपनि त्यो हुन नसकेको बताउनुभयो । उहाँले पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कोठा खाली नभएको जानकारी दिएपछि बाहिर पत्रकार सम्मेलन गर्नुपरेको बताउनुभयो ।
रावलले बर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अध्यक्षमा दाबी नगर्न पनि आग्रह गर्नुभयो । ओली निकट नेताहरुले १० औं महाधिवेशनमा ओली निर्विकल्प अध्यक्ष बन्नुहुने बताइरेहका बेला रावलले ओलीलाई चुनौती दिनुभएको छ ।
आफ्नो उम्मेदवारीलाई सहज रुपमा लिन र आफूप्रति सद्भाव प्रकट गर्न समेत उपाध्यक्ष रावलले अध्यक्ष ओली र एमालेका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।