बागलुङमा १८ वर्षीया किशोरी प्रदेश प्रतिनिधिमा विजयी « Image Khabar


बागलुङमा १८ वर्षीया किशोरी प्रदेश प्रतिनिधिमा विजयी



बागलुङ, मंसिर ५ । बागलुङमा १८ वर्षीया किशोरी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

काठेखोला गाउँपालिका– ५ बिहुँकी १८ वर्षीया उषा सापकोटा नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँ महाधिवेशन प्रतिनिधिमध्येनै सर्वाधिक २ सय ८६ मत ल्याएर विजयी हुनुभएको हो ।

सापकोटाले नेपाली राजनीतिमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको र मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको हुँदा आफूले कांग्रेस पार्टीलाई रोजेको बताउनुभयो । उहाँले सानैदेखि गाउँघरमा राजनीतिक विषयमा भेला, छलफल, कार्यक्रम हुने गरेको र त्यही कार्यक्रमबाट आफू प्रभावित भई राजनीतिमा लागेको बताउनुभयो ।