२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


एक सय ८८ कन्याको पूजा गरियो


0
Shares

काठमाडौं । काठमाडौको हनुमानढोका परिसरमा एक सय आठ कन्याको पूजा गरिएको छ । काठमाडौ, ललितपुरका कन्याहरुको पूजामा सहभागिता थियो ।

ह्वील क्लब अफ कीर्तिपुर, ह्वील क्लव आफ टोखा, ह्वील क्लव अफ कीर्तिपुर मिलेनियल्स, ह्वील क्वल अफ महालक्ष्मी ललितपुरलगायतका क्लवहरुले बर्षेनी सामूहिक रुपमा कन्या पूजा गर्दै आएका छन् ।

कन्याहरुको सुख शान्ति र उनीहरुको मनोकांक्षा पुरा होस भनेर कन्या पूजा गर्ने चलन छ । उनीहरुलाई दान दक्षिणा र मिठो परिकार बनाएर खुवाउने गरिन्छ ।