
एजेन्सी । जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख पराजित भएको छ । बायर्न घरेलु टोली अग्सवर्गसँग २–१ को अन्तरले पछि परेको हो । घरेलु टोलीको जितमा म्याड्स भ्यालेन्टिन पेडेरसिन र आन्द्रे हानले गोल गरे ।
बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि हार टार्न सकेन । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । डब्लुडब्लुके एरिना अग्सवर्गमा घरेलु टोलीले खेलको २३औं मिनेटमा म्याड्स भ्यालेन्टिन पेडेरसिनको गोलबाट अग्रता लिएको थियो ।
३६औं मिनेटमा आन्द्रे हानले गोल गर्दै अग्सवर्गको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । जितपछि अग्सवर्ग १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
पराजित बायर्न १२ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमुण्डभन्दा ४ अंकले अघि छ । यद्दपि डर्टमुण्डले एक खेल कम खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्