स्याङ्जाका ४ प्रदेशमा कांग्रेसको मतदान सकियो « Image Khabar


स्याङ्जाका ४ प्रदेशमा कांग्रेसको मतदान सकियो



स्याङ्जा, मंसिर ३ । नेपाली कांग्रेसले स्याङ्जाका ४ प्रदेशमा मतदान सम्पन्न गरेको छ ।

कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत स्याङ्जाका ४ प्रदेशमा नेतृत्वका मतदान सकिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनले देशभरका प्रदेशका लागि मंसिर ३ गते अधिवेसन तोकेको थियो । २ निर्वाचन क्षेत्र अन्तर्गत ४ प्रदेश रहेको जिल्लामा ४ प्रदेशमा शुक्रबार निर्वाचन सम्पन्न भएको छ ।

क्षेत्र नं. १ को प्रदेश (क) ५३३ मत खसेको छ । कुल मतदाता ५३६ मतदाता मध्ये ५३३ जनाले मतदान गरेका हुन् ।

क्षेत्र नं. १ को प्रदेश क मा विभिन्न पदमा ४३ जनाले उमेदवारी दर्ता गराएका छन् । प्रदेश सभापतिमा २, उपसभापतिमा ४, सचिवमा ४, सहसचिवमा ४ जनाले उमेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक बिष्णु पोख्रेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश प्रतिनिधिमा २९ जनाले उम्मेद्धारी दिएका छन् ।

क्षेत्र नं. १ को प्रदेश (ख) मा ४७९ मत खसेको छ । कुल मतदाता ४९३ मध्ये ४७९ जनाले मतदान गरेका थिए । प्रदेश १ को ख मा ४२ जनाले विभिन्न पदमा उमेदवारी दर्ता गराएका थिए ।

क्षेत्र नं. २ को प्रदेश क मा ५९३ मत खसेको छ । कुल ५९९ मतदाता मध्ये ५९३ मत खसेको हो । वालिङ स्थित पतञ्जली योगपिठमा भएको निर्वाचनमा मतदान गरेका थिए । क्षेत्र नं. २ को प्रदेश (क) मा ४९ जनाले उमेदवारी दिएका छन् । जसमा प्रदेश सभापतिमा २, उपसभापतिमा ४, सचिवमा ४, सहसचिवमा ४ जनाले उमेदवारी दर्ता गराएका हुन् । प्रदेश प्रतिनिधिमा ३५ जनाले उमेदवारी दिएका छन् ।

त्यसैगरी प्रदेश २ को ख मा ६१३ मत खसेको छ । गल्याङमा भएको कुल ६३० मतदाता मध्ये ६१३ जनाले मतदान गरेका हुन् ।

प्रदेश (ख) मा ४६ जनाले उम्मेद्धारी दिएका छन् । सभापतिका लागी २ जना, सचिवका लागी ३ जना, सहसचिवका लागी ४ जना र प्रतिनिधि गरी ४६ जनाले उम्मेद्धारी दिएका थिए ।