काठमाडौं, माघ २ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा ‘बुलिस ट्रेन्ड’ जारी रह्यो ।
यसदिन पनि नेप्सेमा दोहोरो अंकको सुधार आयो भने कारोबार झन्डै पौने दुई अर्ब बराबर भयो ।
नेप्से १३ सयमाथि पुग्यो । नेप्से २६ अंकले उकालो लागेर १३ सय १० पुगेको हो ।
अन्य समूह नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूहमा सुधार आएसँगै नेप्सेमा उच्च सुधार जारी रहेको हो ।
जीवनबिमा समूहमा सबैभन्दा उचच २४२ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूह पनि १२५ अंकले उकालो लाग्यो । उत्पादनमूलक समूह पनि ९७ अंकले बढ्यो । लघुवित्त समूह पनि ७६ अंकले बढ्यो । होटल समूह पनि ७४ अंकले उक्लियो । विकास बैंक, व्यापार, वाणिज्य बैंक र वित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीका ५० लाख २५ हजार कित्ता सेयर एक अर्ब ७० करोड रुपैयाँ बरारबमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्