काठमाडौं, माघ २ । नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको देखिएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सन्चालन गर्दै आएको कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत् भएका मासिक कारोबार पुस महिनामा १२ अर्बभन्दा माथि पुगेको छ ।
एनसीएचएलका लागि वैशाख, २०७५ बाट प्रारम्भिक सन्चालनमा आएदेखि पुसमा हालसम्मको सबैभन्दा बढी कारोबार भएको कम्पनीले जनाएको छ ।
यस आर्थिक वर्षको पुस मसान्तसम्म कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत् ४२ अर्ब ४८ करोड बराबरको सेटलमेन्ट भएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्