Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


आवास प्रवलीकरणमा चुनौती


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, माघ २ । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २०७२ सालमा आएको विनाशकारी भूकम्पले ९ हजार मानिसको ज्यान लियो भने सरकारी तथा निजी भौतिक संरचनाहरुमा पनि नराम्ररी क्षति पुग्यो ।

भूकम्पले क्षति पुगेका सरकारीदेखि निजी संरचना निर्माण तीव्ररुपमा भइरहेको छ ।

त्यतिबेला लाखौं निजी आवासहरु भत्किए । शैक्षिक संस्था, स्वास्थ्य भवन, सरकारी भवन, पुरातात्विक सम्पदा, साँस्कृतिक सम्पदालगायत संरचनाहरुमा पनि क्षति पुग्यो । 

भूकम्पले भत्काएका निजी र सरकारी संरचना पुनःनिर्माणका लागि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई अहिले भ्याइ–नभ्याइ छ ।

पुनःनिर्माणको कामलाई तीव्रता दिएकै बेला आवास प्रवलीकरणमा भने चुनौती देखिएको छ ।

पुनःनिर्माणका लागि प्राधिकरणले करिब ९३८ अर्ब रुपैयाँ अनुमानित लागत निकालेको थियो । तर, वास्तविक खर्च भने ६४० अर्ब रुपैयाँ हुने देखिएको छ ।

चार वर्षको अवधिमा निजी अवास निर्माणतर्फ ८३ प्रतिशत सफलता हात लागेको छ ।

७० हजार लाभग्राहीहरुले अहिलेसम्म पनि आवास निर्माण गर्न नसक्नु पुनःनिर्माणको अर्को चुनौती हो ।

पञ्चवर्षीय योजनाअन्तर्गत् अब एक वर्षमात्र बाँकी रहँदा सहरी क्षेत्रमा पुनःनिर्माणको काम भने धेरै नै बाँकी छ ।

प्राधिकरणले पुनःनिर्माणमा अहिलेसम्ममा १८६ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

चालू आर्थिक वर्षका लागि १५१ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकम अपुग हुनसक्ने प्राधिकरणले बताएको छ ।

पाँच वर्षमा पुनःनिमाण सम्पन्न गर्नेगरी गठन भएको प्राधिकरणले यो अवधिमा काम सक्ने देखिएको छैन । प्राधिकरणले गति बढाउनुपर्दछ ।

म्याद थप्ने र पुनःनिर्माणको कार्य लम्ब्याउनेतिर प्राधिकरण लाग्नुहुँदैन ।