१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पौष २५ गतेदेखि चितवन महोत्सव हुने


13
Shares

चितवन । चितवनमा १३औँ चितवन महोत्सव २०७८ हुने भएको छ । आज उद्योग बाणिज्य संघ चितवनले पत्रकार सम्मेलन गरी प्रत्येक २–२ वर्षमा हुने महोत्सव यस पटक गर्न लागिएको जनाएको छ ।

महोत्सवका संयोजक, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले आगामी पौष २५ देखि माघ ४ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिनुभयो । महोत्सव नारायणी नदी किनार स्थित प्रदर्शनी मैदानमा हुनेछ ।

महोत्सवमा कोरोनाले सवैभन्दा बढी असर परेको पर्यटन क्षेत्रलाई केन्द्रमा राखिने छ । १० दिन सम्म चल्ने महोत्सवमा २५ करोड भन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सवले चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने बिश्वास गरिएको छ ।