आइएमई भाग्यशाली विजेताको नाम सार्वजनिक « Image Khabar


आइएमई भाग्यशाली विजेताको नाम सार्वजनिक



काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई)ले ‘आइएमई डबलको डबलको डबल अफर’को अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ ।

विगत वर्षहरूमा झैँआइएमईले २०७८ का ठूला चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका यो वर्षका बम्पर विजेता सार्वजनिक गरेको हो । आइएमइले बिहिबार लक्की ड्रमार्फत विजेता सार्वजनिक गरेको हो ।

नतिजा अनुसार आइएमईका सेवाग्राही दोलखाको बैतेश्वर गाउँपालिकाका जीवेश दाहाल विजेता हुनुभएको छ । उहाँले १२ लाख ५२ हजार ४ सय ६४ रूपैयाँ जित्नुभएको छ । उहाँले संयुक्त अरव इमिरेट्स (युएइ)बाट आइएमइ मार्फत १ लाख ५६ हजार ५५८ रुपैयाँ घर पठाउनुभएको थियो ।

आइएमई ग्रुप अध्यक्ष चन्द्र ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरी भाग्यशाली विजेता छनोट गर्नुभएको हो ।

सो अवसरमा आइएमईका अध्यक्ष ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताउनुभयो ।

अध्यक्ष ढकालले विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको र त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताउनुभयो । चाडपर्वलाई लक्षित गरी आइएमईले गत असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो ।

५७ दिनका लागि कायम सो अफरअन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरी कुल २१ जना लाभान्वित भएका छन् ।